काठमाडौँ उपत्यकाको फोहोर दैनिक विसर्जन गरिँदै आएको धादिङको धुनीवेशी नगरपालिकाको वडा नम्बर १ कुँडुले र नुवाकोटको ओखर पौवास्थित बन्चरे डाँडामा फेरी फोहोर फाल्न रोकिएको छ ।

प्रभावित क्षेत्रका स्थानीयले आफ्नो माग पुरा नगरेसम्म फोहर फल्न नदिने बताएका छन् । खास गरी लिचेड व्यवस्थापन नहुँदा निकै समस्या उत्पन्न भएको भन्दै सो क्षेत्रका स्थानीयले फोहर फल्न रोक लगाएका हुन् ।

वैज्ञानिक फोहर व्यवस्थापनका लागी  काठमाडौँ महानगर पालिकासँग स्थानीयले आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै  स्थानीयले आक्रोश समेत पोखेका छन् ।

फोहरका कारण ल्याण्डफिल्ड साइट ओर पर बसोबास गर्ने मानिसहरूमा विभिन्न स्वास्थ्य समस्याहरू देखा परेको बताउँदै पानी मूल लागत खोलामा सिधै लिचेडको मिसाई दिँदा समस्या उत्पन्न भएको हो ।

काठमाडौँ महानगरपालिकाबाट फोहर बोकेर आएका सबै गाडीहरू स्थानीयले महानगरमा नै फर्काई बुधवार देखी फोहोर विसर्जन गर्न रोक लगाएका हुन् ।

ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयको माग पुरा गर्नका लागी काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयले दीर्घकालीन कार्यायोजान सहित स्थानीयको माग पुरा नगरेसम्म  आव फोहर विसर्जन गर्न नदिइने धुनीवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको भनाई छ । हाल फोहर विसर्जन गर्दै आएको स्थान र लिचेड सङ्कलन हुने स्थान धादिङको कुँडुले क्षेत्र हो ।

गत २०७९ साल जेठ २ गते काठमाडौँ उपत्यकाको फोहोर धादिङको कुँडुले र नुवाकोटको सिस डोल बन्चरे डाँडा, ल्याण्डफिल साइटमा फोहोर दैनिक विसर्जन गरिँदै आएको हो ।

फोहर व्यवस्थापनमा सहजताका लागि काठमाडौँ महानगरपालिका र  स्थानीयवासीसंग १८ बुँदे सहमति भएको थियो । ती कुनै पनि सहमती महानगरपालिकाले कार्यान्वयन नगरेको  स्थानीयवासीले बताएका छन् ।

यहाँ  दैनिक रूपमा दुई सय ५० देखि तीन सय ट्रक फोहोर फालिँदै आएको छ ।

विशेष रूपमा स्थानीयवासीले फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नुपर्ने सहितको काठमाडौँ महानगर पालिकासँग भएको १८ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

तिन वर्ष अगाडि देखी  प्रभावित क्षेत्रमा फोहोरबाट दुर्गन्ध फैलिएर सरुवाजन्य रोगको सङ्क्रमण बढेको र दैनिक जनजीवन प्रभावित भएको स्थानीयवासीले गुनासो गरेका छन् ।