सिद्धान्तको टोपि देखायर र्सर्वसाधारण जनता माथि पदिय खेती लादियको त छैन।
अब चाहिँ एक भएर राम्रै सङ्ग हेर्नू पर्छ हाेला ।
आज सम्म आउँदा जनता उठाउने गल हाेकि जनता सुताउने दल हाे
यहाँ सम्म आई पुग्दा के हाे भन्ने नै थाहा नै भएन ।
खाेई कस-कसकाे कस्तो चाल हाे थाहा नै छैन।
त्यसै भएर हाेला हिजाे आज उम्रियकाे हाेला जताततै सुगा र मैना ।
लोकतन्त्र र गणतन्त्र प्रतिकाे आज सम्म अनुभुति के हाे भन्ने खुलेकाे छैन।
यति राम्रो स्वर्गसरी देश छाेडि अर्काको हुनुपरेकाे छ बैना
फलाम गलाउछु देश चलाउछु भन्ने हरूले हेरेको छ कि छैन ऎना ।
यहाँ भने हेरेक पाँच पाँच बर्षमा सर्वसाधारण जनता तोते मैना ।
आखिर जाे जाे उच्च ओहाेदामा पुग्छन न त हेर्छन हिजाे गरेकाे प्रतिबद्धता सबै भुल्छन।
यहाँ त रेमिट्यान्स ढोक्से डालोमा थाप्छन अब आर्थिक क्रान्ति हुन्छ भन्दै बेतुकको बात छाँटछन ।
-दामाेदर भण्डारी
![]() |
प्रतिकृयाहरु