नेपालमा आगामी अगस्ट २ देखि WFKO (World Freestyle Kickboxing Organization) अन्तर्गत रेफ्री सेमिनार, कोच सेमिनार तथा ब्ल्याक बेल्ट ग्रेडिङ कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ। यो कार्यक्रम काठमाडौंको Fight Club Nepal, जडीबुटी मा हुनेछ।
कार्यक्रमका लागि WFKO का वर्ल्ड प्रेसिडेन्ट ब्रायन डब्ल्यु बेक इंग्ल्याण्डबाट विशेष अतिथिका रूपमा नेपाल आउनुहुनेछ र उहाँकै प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिनेछ।
यस कार्यक्रमको आयोजना नेपाल किकबक्सिङ एशोसिएसन – WFKO टिमले गरेको हो। यसका अध्यक्ष देव राज श्रेष्ठ, महासचिव तथा WFKO का चिफ रेफ्री बिन्दा नेपाली, कोषाध्यक्ष सुमन नेपालि ,सहसचिव अमित कुमार भनडारि चिफ कोच रमेश नेपाली र उपाध्यक्ष राजकुमार ठकुरीको र वरिष्ठ सल्लाहकार आकाश धिताल को नेतृत्वमा तयारी पूरा गरिएको छ। कार्यक्रममा करिब २० जना सहभागीहरू रहनेछन्, जसले रेफ्री, कोच र ब्ल्याक बेल्ट ग्रेडिङमा आफ्नो सीप प्रस्तुत गर्नेछन्।
WFKO द्वारा प्रवर्द्धित फ्रीस्टाइल किकबक्सिङ एक चुनौतीपूर्ण र रोचक खेल हो, जसले खेलाडीको शारीरिक क्षमता, मानसिक दृढता र रणनीतिलाई एकसाथ विकसित गर्छ। मुक्का, लात र गतिशील चालहरूको संयोजनमा खेलिने यो खेल नेपालमा पनि क्रमशः लोकप्रिय बन्दै गएको छ।
यो खेल नेपालमा WFKO टिमको निरन्तर प्रयास र लगनका कारण यहाँसम्म आइपुगेको हो र अझ उचाइमा पुर्याउने लक्ष्यका साथ अघि बढिरहेको छ।
सबै खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूलाई यो ऐतिहासिक कार्यक्रममा सहभागी भई अनुभव र ज्ञान सँगाल्न आयोजक समितिले हार्दिक निमन्त्रणा गरेको छ।
प्रतिकृयाहरु