बूढानीलकण्ठमा खुल्ला फुटसल हुँदै, विजेतालाई ५० हजार नगद
५० टिमले खेल्ने अपेक्षा
बूढानीलकण्ठ नगरपालिका वडा नं ५ मा रहेको दक्षिणेश्वरी युवा क्लबको आयोजनामा काठमाण्डौँ जिल्ला उत्तरी भेग समेटिने गरी खुल्ला फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
श्रावण ९ र १० गते आयोजना हुने प्रतियोगिताको विजेताले ५० हजार र उप-विजेताले २५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समेत नगर पुरस्कार प्राप्त गर्नेछन्।
देवि स्पोर्ट्स हाउस रुद्रेश्वरमा हुने प्रतियोगितामा सहभागि हुन टिम दर्ता शुल्क ३००० हुने आयोजकले जनाएको छ। आज प्रतियोगिता बारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै क्लबका अध्यक्ष कृष्ण तामाङले प्रतियोगिताले युवा खेलाडीलाई मौका प्रदान गर्ने र यो भेगकै ठुलो प्रतियोगिताको रुपमा परिचय स्थापित हुने लक्ष्य राखेको बताउनु भयो।
आजको पत्रकार सम्मेलनमा लोक गायक प्रेम राजा महतको विशेष उपश्थिति भएको थियो। कार्यक्रममा बोल्दै उनले आफु पनि आयोजक मध्येकै एक भएको र आफुले सबै पक्षबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो।
प्रतिकृयाहरु