सरकारले संविधान दिवसका अवसरमा काठमाडौँको सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ।
समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्कीले राज्यका सबै संयन्त्रमा युवाहरूले आफ्नो उपस्थिति देख्न चाहेकाले सोही अनुसार सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संविधानका अक्षरभन्दा जनताका भावना ठुलो हुने धारणा राख्नुहुँदै प्रधानमन्त्री कार्कीले आवश्यक परे संस्थागत रूपमा कानुनमा संशोधन गरेर जनताको सेवालाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।
जेनजी आन्दोलनका क्रममा पुगेको सार्वजनिक सम्पत्तिको क्षतिको पुनर्निर्माण गर्न र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने काममा सहयोग गर्न सम्पूर्ण युवापुस्तालाई प्रधानमन्त्री कार्कीले आग्रह गर्नुभयो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल उपस्थित हुनुहुन्थ्यो ।।
प्रतिकृयाहरु