न्हुँज पिक्चर्सले आफ्नो नयाँ गित “माया” को चाँडै रिलिजको घोषणा गरेको छ । उक्त गितको अवधारणा र निर्देशन बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेलका डिमेश श्रेष्ठले गरेका छन्। यो गितको प्रमुख भूमिकामा बिकेश श्रेष्ठ र प्रविना वाइबा रहेका छन्, जसमा दर्शकहरूको मन छुने कथा प्रस्तुति रहने निर्देशक श्रेष्ठले जानकारी दिनुभएको छ ।
“माया” को संगीत, गायन र रचना सबिन श्रेष्ठले गरेका छन्, जसले कथालाई गहिरो भावनात्मक तहमा पुर्याउने छ भनी दर्शक आशावादी रहनेप्रती दुईमत नहोला, श्रेष्ठले जोड्नुभयो ।
भिडियोको सम्पादनमा भुपेन्द्र अधिकारी हुनुहुन्छ भने कलर रेनिश फागोले गर्नुभएको छ र छायांकनमा रेनिश फागोले हुनुहुन्छ ।
गितको गायक र संगितकार सबिन श्रेष्ठ मेरुदण्ड पक्षघातबाट प्रभावित हुन् । उनको ३ वर्ष अघि दुर्घटनामा परी कम्मर भन्दा मुनिका अंगहरु चल्दैनन् । तर, त्यस बावजुत पनी आफ्नो रुची र सपनालाई साकार पार्न उनी गितार बजाँउदै संगित रच्ने गर्छन् ।
“माया” म्युजिक भिडियोको लागि विभिन्न प्रायोजकहरूको सहयोगमा निर्माण गरिएको हो, जसमा करुणा हस्पिटल,स्टेसन दार्जीलिङ, टिकेश नारायण श्रेष्ठ (वडा अध्यक्ष-१३) एस एन्ड एस हार्डवेयर, जय मा कास्था, लोहहिटी रिसोर्ट, न्हुँज क्याफे, नख्त्या, कन्ट्रि साइड रिसोर्ट, सिद्धि विनायक निर्माण सेवा, म्याजेस्टी इटरी, दया लक्ष्मी खाद्यान्न उद्योग, र रिभरसाइड स्पोर्ट्स लगायतका प्रायोजकहरू रहेका छन् साथमा डिजिटल मिडिया पार्टनरमा बागमती प्रदेश मिडिया र हाम्रो बुढानीलकण्ठ रहेको “माया” म्युजिक भिडियोको ट्रेलर तथा थप अपडेटहरू नहुजा पिक्चर्सको आधिकारिक यूट्युब च्यानलमा उपलब्ध हुनेछ। चाँडै रिलिज हुने “माया” को म्युजिक भिडियोको न्हुँज पिक्चर्सको यूट्युब च्यानलबाट सार्वजनिक हुनेछ ।
प्रतिकृयाहरु