जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध ट्रामाडोलका ९ हजार क्याप्सुलसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१३ आदामार बस्ने ३० वर्षीय प्रविन लामा रहेका छन् ।
हिजो राती करिब ८ बजे मकवानपुर प्रहरीले शंकास्पद रूपमा हिँडिरहेका लामालाई रोकी खानतलासी गर्दा उनको साथबाट ३ हजार क्याप्सुल ट्रामाडोल फेला परेको हो । प्रारम्भिक अनुसन्धानमा उनले सो लागूऔषध हेटौंडा–१२ बस्ने एक व्यक्तिबाट खरिद गरेको बयान दिएका छन् ।
प्रहरीले सोही सूचनाका आधारमा लागूऔषध बिक्री गर्ने व्यक्तिलाई पक्राउ गर्न खोज्दा उनी प्रहरीलाई देख्नेबित्तिकै साथमा बोकेको झोला फालेर फरार भएका थिए । सो झोलाको जाँच गर्दा थप ६ हजार क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका लामामाथि लागूऔषध सम्बन्धी मुद्दामा मकवानपुर जिल्ला अदालतबाट म्याद लिई अनुसन्धान अघि बढाइएको छ भने फरार व्यक्तिको खोजी कार्य जारी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रतिकृयाहरु