भारतको अहमदाबादमा एयर इन्डियाको बोइंग ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा परेको छ ।  लण्डनका लागि उडान भरेको  विमान टेकअफको क्रममा दुर्घटनामा परेको भारतीय संचार संस्था दैनिक भास्करले जनाएको छ ।

एयर इन्डियाको फ्लाइट नम्बर AI-171 विमान भारतीय समय अनुसार दिउँसो १:३८ बजे उडेको थियो। उडान भरेको दुइमिनेटमै दुर्घटनमा परेको हो ।  विमानमा २४२ यात्रु सवार थिए । विमान खस्नेबित्तिकै सम्पूर्ण क्षेत्र धुवाँले ढाकिएको देखिएको थियो।

विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको खबर छ । विमानमा एक सय ६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानाडाली यात्रु सवार रहेको एयर इन्डियाले जनाएको छ ।

एयर इन्डियाको विमानले मेडे कल जारी गरेको र ‘उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएको’ नागरिक उड्डयन महानिर्देशनालयले बताएको छ ।

विमानस्थलको परिधि बाहिर विमान दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

भारतको गुजरात राज्यको मुख्य सहर अहमदाबादमा करिब ८० लाख मानिस बस्छन् र व्यस्त विमानस्थल घना खचाखच भरिएका आवासीय क्षेत्रहरूले घेरिएको छ ।

उड्डयनमन्त्री राम मोहन नायडू किन्जारापुले ‘सबै उड्डयन र आपत्कालीन प्रतिक्रिया एजेन्सीहरूलाई द्रुत र समन्वित कारबाही गर्न’ निर्देशन दिनुभयो ।

“उद्धार टोली परिचालन गरिएको छ र घटनास्थलमा चिकित्सा सहायता र राहत सहयोग पुर्‍याउन सबै प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो, “मेरो विचार र प्रार्थना जहाजमा रहेका सबै र उनीहरूका परिवारसँग छ ।”

“अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ आज एउटा दुःखद दुर्घटनामा परेको गहिरो दुःखका साथ म पुष्टि गर्दछु”, एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले भन्नुभयो, “हाम्रो विचार र गहिरो समवेदना यस विनाशकारी घटनाबाट प्रभावित सबैका परिवार र प्रियजनहरूसँग छ ।”

एउटा आपत्कालीन केन्द्र सक्रिय गरिएको र जानकारी खोज्ने परिवारहरूका लागि सहायता टोली गठन गरिएको उहाँले बताउनुभयो ।

अहमदाबादबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको एआई-१७१ उडान, बोइङ ७८७-८ ड्रीमलाइनर बिहीबार दिउँसो अहमदाबाद विमानस्थल नजिकै दुर्घटना भएकाे छ।

विमान उडेको केही समयपछि दिउँसो १:३८ बजे दुर्घटना भएको हो । प्रारम्भिक जानकारी अनुसार उडान भरेको दुई मिनेटभित्रै विमानको पछाडिको भाग रूखमा ठोक्किएको थियो । जसका कारण विमान एक भवनमा ठोक्किएको थियो ।

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानमा २४२ जना सवार थिए । जसमा २३० यात्रु, दुई जना पाइलट र १० क्याबिन क्रू सदस्य सवार थिए।

यसैगरी, विमान चालक दलमा कमाण्डर क्याप्टेन सुमित सभरवाल र विशिष्ट कर्मचारी क्लाइभ कुन्दर रहेका थिए । 

विमानमा सवार यात्रुकाे सूची