सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक शीतलनिवासमा सकिएको छ। राष्ट्रपतिको पहल र प्रधानमन्त्रीको समन्वयमा भएको बैठकमा सबै चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्रीज्यू र अन्य मन्त्रीज्यूहरूको उपस्थिति थियो ।
बैठक निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित थियो। सबै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराउनुयो ।
अहिलेभन्दा कठिन अवस्थामा पनि विगतमा चुनाव गराउन सफल भएको दृष्टान्तहरू पनि प्रस्तुत गर्नुभयो ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा व्यवस्थाका लागि आवश्यक पर्ने स्रोत साधन दिन तयार रहेको र व्यवस्थापनको काम पनि भइरहेको जानकारी दिनुभयो ।
विभिन्न दलसँग भइरहेको संवादका विषयमा पनि प्रधानमन्त्रीज्यूले जानकारी गराउनुभयो ।

प्रतिकृयाहरु