अर्घाखाँचीको एक सामुदायिक वनका अध्यक्षसहित उपभोक्ता मिलेर अवैध रुपमा सालको रुख काटेर चिरान गदैँगरेको अवस्थामा प्रक्राउ परेका छन् ।शितगंगा नगरपालिका वडा नम्वर ८ झाक्रिथान सामुदायिक वनका अध्यक्ष डुकबहादुर खत्रीसहित १० जनालाई काठ चिरान गरिरहेको अवस्थामा प्रक्राउ गरिएको हो । अर्घाखाँचीबाट सालको रुख काटी प्युठानको सरुमारानी गाउँपालिका वडा १ खुनझुने काठ चिरान गरिरहेको अवस्थामा प्युठानको डिभिजन वन कार्यालय प्युठानले मगलवार साँझ डिभिजन वन कार्यालय अर्घाखाँचीलाई बुझाएको छ ।

प्रकाउ परेकाहरुमाथि अनुसन्धान भइरहेको छ । हाल १० जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी झलक शर्माले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सामुदायिक वनका पूर्व अध्यक्ष हुमबहादुर वाकवल, शितगंगा –८ कै स्थानीय चन्द्रबहादुर वाकवल, सोही ठाउँकै टिकाराम पुलामी र पुरन धामी रहेको अर्घाखाँची डिभिजन वन कार्यालयका निमित्त प्रमुख गणेशकुमार थारुले जानाकारी दिनुभयो । 

यस्तै, त्युठान जिल्ला सरुमारानी गाउँपालिका –१ खुनझुनेका लेखबहादुर केएम, सकुर मिया, विरबहादुर धामी, शंकर विश्वकर्मा र एक जना नावालिका रहेको जनाइएको छ ।