भारत–पाकिस्तानबीच युद्धविराम भएको छ । दुवै देशका उच्च अधिकारीहरूले तत्काल लागू हुनेगरी पूर्ण युद्धविरामको सहमति भएको जानकारी गराउनु भएको हो ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराउनु भयो । भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग फोनवार्ता गरेको र पूर्ण युद्धविरामको सहमति भएको पुष्टि गर्नु भयो ।
छोटो विज्ञप्ति जारी गर्दै मिस्रीले ‘दुवै पक्षबीच आज साँझ भारतीय समय अनुसार पाँच बजेदेखि स्थल, आकाश र समुद्रमा सबै प्रकारका युद्ध र सैन्य कारबाही रोक्ने सहमति भएको जानकारी दिनु भएको छ ।
प्रतिकृयाहरु