बुढानीलकण्ठ नगरपालिकाको पशु व्यवसाय यान्त्रिकरण कार्यक्रम अन्तर्गत ५० प्रतिशत लागत साझेदारीमा काउ म्याट वितरण कार्यक्रम सम्पन्न भएको छ।
बुढानीलकण्ठ नगरपालिका, पशु शाखा, चपलीको आयोजनामा मिति २०८२/०९/११ गते सञ्चालन गरिएको उक्त कार्यक्रममा नगरभित्रका ५६ जना पशुपालक कृषकहरूलाई जम्मा १४६ वटा काउ म्याट वितरण गरिएको हो। पशुपालन व्यवसायलाई व्यवस्थित, आधुनिक र उत्पादनमुखी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको पशु शाखाले जनाएको छ।

प्रतिकृयाहरु