भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले  दुई दिनयताको अविरल बर्षाका कारण अवरुद्ध राष्ट्रिय सडक संजालहरु छिटै सुचारु गर्ने गरी काम सुरु भइसकेको बताउनु भएको छ ।

मन्त्रालयमा आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले विपद् व्यवस्थापनमा सरकारले अपनाएको सावधानी र सक्रियता, सूचना प्रवाहले मानवीय क्षति कम गरेको भन्दै  अवरुद्ध सडक संजालमा छिटौ सुचारु गर्ने गरी सरकारले कार्य अघि बढाइएको बताउनु भएको हो ।

पछिल्लो दुई दिनको अविरल वर्षा र बाढीका कारण भौतिक क्षति भए पनि बाढी डुवानका कारण मानवीय क्षति नभएको भन्दै इलाममा बस्तीमा पहिरो गएका कारण मानवीय क्षति हुन पुगेको त्यहाँ उद्धारको र वेपत्ताको खोजी कार्य जारी रहेको उहाँले बताउनु भयो ।

”इलाममा अतिवृष्टिका कारण बस्तीमा पहिरो जाँदा मानवीय छ । सडक भत्किएर वा बगाएर डुवानमा ‘नदी नजिकको बस्ती बगाएर अथवा सडक भत्किएर कुनै पनि क्षति भएको छैन’,मन्त्री घिसिङले भन्नु भयो ।

उहाँले अवरुद्ध सडक संजाल खुलाउने प्रयासका साथै बैकल्पि राजमार्गहरु पनि संचालनको पनि तयारी भएको जानकारी गराउनु भयो ।