भेनेजुएलाले अमेरिकी हमलाबारे छलफल गर्न संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन माग गरेको छ।

भेनेजुएलाका विदेशमन्त्रीले अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने बताएका छन्।

छिमेकी कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेत्रोले उक्त हमलालाई लिएर गहिरो चिन्ता व्यक्त गरेका छन्।

उनले आफ्नो जनसंख्याको सुरक्षा गर्न र भेनेजुएलाबाट आउन सक्ने मानिसहरूको व्यापक सङ्ख्यासँग जुझ्नका लागि सीमामा सेना तैनाथ गर्न आदेश दिएका छन्।

कराकसमा सुरुवाती विस्फोटनको खबर आएदेखि नै पेत्रोले बारम्बार शान्ति र संवादको लागि आह्वान गर्दै आएका छन्।नले अर्गनाइजेसन अफ् अमेरिकन स्टेट्स (ओएएस) र संयुक्त राष्ट्रसङ्घको "तत्काल बैठक"को बोलाउन आग्रह गरेका छन्।कोलम्बिया र भेनेजुएलाबीच २,००० किलोमिटरभन्दा लामो स्थल सीमा छ। विगतदेखि नै दुई देशमा आर्थिक र सुरक्षा सङ्कट हुँदा लाखौँ मानिसहरूलाई एकअर्काका देशमा शरण लिन बाध्य पारेको इतिहास छ। कराकसका निकट सहयोगी रुस र क्युबा दुवैले आक्रमणको निन्दा गरेका छन्। मस्कोले अमेरिकी सैन्य कारबाहीलाई 'निकै चिन्ताजनक' भनेर व्याख्या गरेको छ।

क्युबाका राष्ट्रपति मिगेल डियाज-कनेलले आफ्नो देशले "अमेरिकाले भेनेजुएलामा गरेको आपराधिक आक्रमणको निन्दा गर्छ र तत्काल अन्तर्राष्ट्रिय समुदायको प्रतिक्रियाको माग गर्छ" भनेका छन्

युरोपेली सङ्घ ईयूले संयम अपनाउन आह्वान गरेको छ। 

स्पेनले शान्तिपूर्ण समाधान खोज्नका लागि आफ्नो देशले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्ने प्रस्ताव गरेको छ।

जर्मनी र इटालीले परिस्थितिलाई नजिकबाट हेरिरहेको बताएका छन्। -BBC