बाग्मती प्रदेश खेलकुद बिकास परिषद को आर्थिक सहयोग र देबि स्पोर्ट्स हाउसको आयोजना एवम ज्ञानोदय बालबाटिका उच्च माध्यमिक बिद्यालयको विशेष सहयोग र सहकार्यमा नेटबल कप प्रतियोगिता २०८१ भब्यताका साथ सम्पन्न भएको छ। फाल्गुन १ गते देखि ३ गते सम्म ललितपुर स्थित खोकना बुङ्मतिमा रहेको ज्ञानोदय बालबाटिका उच्च माध्यमिक बिधालयको प्राङ्गणमामा आयोजना भएको यस प्रतियोगिता विशेष समारोह सहित सम्पन्न भएको थियो। कुल ६ टिमको सहभागीता रहेको यस प्रतियोगितामा पहिला लिग चरणका खेलहरु सम्पन्न भएका थिए।
प्रतियोगितामा लिग चरण पार गर्दै ज्ञानोदय क्लब र भानुभक्त क्लब फाइनलमा प्रबेश गर्न सफल भएका थिए। फाइनलमा ज्ञानोदयले भानुभक्त क्लब २० का विरुद्ध २२ स्कोर गर्दै जित हात पार्ने सफल भएको थियो भने भानुभक्त क्लब दोस्रो स्थान हासिल गर्न सफल भएको थियो। बिजेता टिमले ट्रफि मेडल सहित नगद रु १५००० प्राप्त गर्न सफल भएका थिए भने उपबिजेताले ट्रफि मेडल सहित रु १०००० जित्न सफल भएका थिए l
उक्त प्रतियोगितामा ज्ञानोदय कि तिजा बज्राचार्य बेस्ट डिभेन्डर र भानुभक्त कि अम्बिका खड्का बेस्ट प्लयेर घोषित भएकि थिन। दुबै उत्कृष्ट खेलाडिले ट्रभि हात पारेका थिए। येस्तो कार्यक्रम को आयोजनाबाट खेलाडीहरुको मनोबलमा वृद्धि हुने र समस्त खेल छेत्रलाई नै विशेष टेवा पुग्ने कार्यक्रम का आयोजक तथा देबि स्पोर्ट्स हाउसका प्रतिनिधि इ. सुजन लामाले संचार माध्यम सङ अंतरबार्ता दिदै बताएका थिए।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा बागमती प्रदेश खेलकुद बिकाश परिषद कि बोर्ड मेम्बर सुनिता गौतम र विशेष अतिथीका रुपमा ज्ञानोदय उच्च माध्यमिक बिद्यालयका सह प्राध्यापक भानु.ए र सह प्राध्यापक राजु गुरुङको पनि उपाथिती रहेको थियो । प्रदेश खेलकुद बिकाश परिषद का सदस्य सचिब दिपक लामा को कार्यक्रम आयोजना र ब्यबस्थापन मा ठूलो भुमिका रहेको जानकारी आयोजकले दिएको छ। कार्यक्रम आयोजकले भबिस्यमा पनि राज्या र राज्याका निकायले विशेष ध्यान दिए येस्ता कार्यक्रमहरु निरन्तर आयोजना गरेर समस्त खेलकुद को बिकास र समृद्धि मा आफ्नु योगदान रहने जानकारी दिएका थिये।
प्रतिकृयाहरु