नवौं बुढानिलकण्ठ नगरकप फुटबलको उपाधिका लागि शिवपुरी युवा क्लब र शिवपुरी नव जागृत भिड्ने भएका छन् ।
पहिलो सेमिफाइनल खेल वडा नम्बर ३ शिवपुरी नव जागृत युवा क्लब र वडा नम्बर १३ को रिभरसाइड क्लबीच भएको थियो ।
निकै नै प्रतिस्पर्धात्मक बनेको उक्त खेल एक एक गोलको अवस्थामा रहेका बेला रिभरसाइडका खेलाडीले असन्तुष्टि जनाएर मैदान छाडेका थिए । रिभरसाइडका खेलाडीहरु पुनः मैदान प्रवेश नगरेपछि नियमानुसार शिवपुरी नव जागृत युवा क्लब ३–० गोल अन्तरका आधारमा विजयी भएर फाइनलमा पुग्न सफल भयो । आजै भएको दोस्रो सेमिफाइनल खेलमा शिवपुरी युवा क्लब बुढानिलकण्ठ नगरपालिका ४ र वुढानिलकण्ठ वडा नम्बर ९ बीच प्रतिस्पर्धा भएको थियो । जसमा शिवपुरीबाट खेलेका राष्ट्रिय खेलाडी एरिक विष्टले गरेको एक मात्र गोल नै निर्णायक बन्न पुग्यो । अब उपाधिका लागि शिवपुरी युवा क्लब र शिवपुरी नव जागृतबीच शुक्रबार प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको लागि विजेतालाई नगद पुरस्कार फ्रयाङ्क्लिङ एजुकेशनल कन्सल्टेन्सीले प्रायोजन गरेको छ । विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छ ।
उप विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ । बुढानिलकण्ठ युवा समाजले विजया दशमीको अवसरमा हरेक वर्ष आयोजना गर्ने यस प्रतियोगितामा यस पटकदेखि प्रतियोगिताको उत्कृष्ट खेलाडीहरुलाई पनि नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतिकृयाहरु