अतिरिक्त क्रियाकलापमा बाल बिकास बोर्डिङ्ग हाई स्कूलका विद्यार्थीले पुनः दुई उपादी विद्यालयमा भित्र्याएका छन् ।
मिति २०८१ आषाढ ८ गते उत्तरी भेगका विभिन्न विद्यालयहरुबिच अन्तर विद्यालय मञ्च ( नेफ) द्वारा आयोजित वक्तृत्वकला तथा वादविवाद प्रतियोगितामा विद्यालयका दुवै विद्यार्थीहरुले द्वितिय स्थान हासिल गर्न सफल भएका हुन् ।
ग्रिनल्याण्ड माध्यमिक स्कुलमा १३ वटा विद्यालयका ३९ जना विद्यार्थीको सहभागितामा आयोजित नेपाली वक्तृत्वकला प्रतियोगितातर्फबाट विद्यालयको कक्षा ३ मा अध्ययनरत दिछेन तितुङले द्वितीय स्थान र वादविवाद प्रतियोगितातर्फ कक्षा ८ मा अध्ययनरत रिन्चेन तितुङले पनि द्वितीय स्थान हासिल गरेका हुन् ।
दुवै विद्यार्थीहरुलाई विद्यालयको टिसर्ट समेत उपहार स्वरुप प्रदान गरिएको छ। विद्यार्थिहरुलाई कक्षाकोठाभित्र प्रदान गरिने शिक्षाका साथै अतिरिक्त क्रियाकलापहरुमा समेत संलग्न गर्दै प्रतिभाहरुलाई अभिवृद्धि गर्न निकै महत्वपूर्ण रहको विद्यालयका प्रधानाध्यापक महेश कुमार श्रेष्ठ बताउनुहुन्छ।
प्रतिकृयाहरु