काठमाडौं, प्रहरी हौं भन्दै ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं गोकर्णेश्वर नगरपालिका बस्ने काभ्रे घर भएका ३७ वर्षीय आकाश भन्ने नानि बाबु लामा र काठमाडौं महानगरपालिका-६ बस्ने दोलखा मेलुङ गाउँपालिका-६ घर भएका ३४ वर्षीय प्रकाश तामाङ रहेका छन् ।
काठमाडौंका विभिन्न औषधि पसलहरूमा गई लागूऔषध ब्यूरोबाट खटिआएका प्रहरी हौं भनि पसलको खानतलासी गरी लागूऔषध तथा अवैध औषधिहरू बेच्नु भएको छ हामी तपाइलाई नियन्त्रणमा लिन्छौं भन्दै डर त्रास देखाई रकम असुली गर्ने कार्यमा संलग्न उनीहरूलाई प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका-६ बाट पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालतबाट काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृयाहरु